दफा १६३
सरकारी बिगोे वा अन्य रकम सम्बन्धी व्यवस्था
(१) बिगोे भराउने गरी फैसला भएकोमा सरकारी बिगोेलाई निजी बिगोेभन्दा प्राथमिकता दिई भराई दिनु पर्नेछ ।
तर सरकारी बिगोे भराइदिने गरी फैसला हुनुभन्दा पहिले नै निजी बिगोे भराई दिने गरी कुनै फैसला भएको रहेछ भने सरकारी बिगोेलाई प्राथमिकता दिइने छैन ।
(२) फैसला बमोजिम भराउनु पर्ने सरकारी बिगोे वा अन्य कुनै रकम असूल नभएमा वा असुल हुने अवस्था नभएमा त्यस्तोे बिगोे वा रकम भर्नु पर्ने कसूरदारको सम्पत्ति पहिले नै रोक्का भएको रहेनछ भने पैmसला भएपछि यथासम्भव चाडो रोक्का गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिमको बिगोे वा अन्य रकम फैसला अन्तिम भएको मितिले तीस दिनभित्र कसूरदारले नबुझाएमा निजको उपदफा (२) बमोजिम रोक्का भएको चल सम्पत्तिको हकमा त्यस्तो सम्पत्ति रहेको निकाय वा संस्थाबाट प्राप्त गरी र अचलको हकमा लिलाम बिक्री गरी भराई दिनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम सम्पत्ति लिलाम बिक्री गर्दा पनि असूल नभएको सरकारी बिगोे बापत त्यस्तो व्यक्तिलाई कैद गर्नु पर्नेछ ।